सुक्खा पहिराले विद्युत् आयोजनामा व्यापक क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 03:29:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिराले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ । क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

पहिराबाट कार्यालय भवन, बाँध र एक स्काभेटरसमेत पुरिएका छन् । करीब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved