एचआईडिसीएल र पावर चाइनाले बनाउने माडी जलविद्युत् आयोजनाको काम शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2020 | 08:50:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि प्रारम्भिक प्रक्रिया शुरु गरेको छ । चिनियाँ राष्ट्रपतिले गत असोज २५ र २६ गते गरेको नेपालको दुई दिवसीय राजकीय भ्रमणको क्रममा भएको सहमतिका आधारका सरकारले आयोजनाको काम शुरु गरेको हो ।

चिनियाँ राष्ट्रपतिको भ्रमणको क्रममा नै सो आयोजना अगाडि बढाउनेसम्बन्धी समझदारीपत्रमा सरकारी स्वामित्वको एचआइडिसिएल र चीनको पावर चाइनाका बीचमा समझदारी भएको थियो । सोही समझदारीका आधारमा आयोजना थप कामका लागि रोल्पाको माडीचौरमा आयोजनाको सम्पर्क कार्यालय स्थापना गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनले आयोजना क्षेत्र माडीचौरमा सम्पर्क कार्यालयको स्थापनासँगै आयोजनाको सम्भाव्यता अध्ययनको काम शुरु भएको हो । सो आयोजना प्रदेश नं ५ को ठूला मध्येको एक आयोजना हो ।

आयोजनामा चीनकै ठूलो जलविद्युत् लगानी तथा उत्पादन कम्पनी पावर चाइना र नेपालको सरकारको स्वामित्वको हाइड्रो इलेक्ट्रिसीटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संयुक्त लगानी हुनेछ । सम्पर्क कार्यालयको उद्घाटन गर्दै ऊर्जामन्त्री पुनले माडी आयोजना प्रदेश नं ५ कै ‘गेम चेन्जर’ परियोजना हुने बताए । “राप्ती बेसीनमा १४ वटा विभिन्न आयोजना निर्माण हुने चरणमा छन् । ती मध्येको महत्वपूर्ण यो आयोजना प्रदेश नं ५ कै गेमचेन्जर हुनेछ,” मन्त्री पुनले भने ।

उनले आयोजना समयमै निर्माण सम्पन्न हुने उल्लेख गरे । “यस्ता आयोजनाको सम्भाव्यता अध्ययन दुई वर्ष लाग्छ तर यो आयोजनाले १८ महिनामा विस्तृत अध्ययन सक्ने र निर्माण प्रक्रियामा जानेछ”, मन्त्री पुनले भने, “पावर चाइना र एचआइडीसिएलले यो आयोजनाको निर्माण गर्दैछन् । दुवै अनुभवी कम्पनी हुन् र समयमै गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुने विश्वास छ ।”

मन्त्री पुनले माडी जलाशययुक्त बहुउद्देश्यीय आयोजना भएको बताउँदै जलविद्युत् आयोजना सम्पन्न भएलगतै त्यहाँको पानीलाई दाङ लगेर सिचाइँसमेत हुने बताए । यो आयोजनाले ‘समृद्ध रोल्पा, सुखी रोल्पाली’को हाम्रो आकांक्षालाई पूरा गराउन सघाउ पु¥याउने मन्त्री पुनको विश्वस छ ।

कार्यक्रममा पावरचाइना यूरेसियाका उपाध्यक्ष पान टेनक्वूले यो आयोजना निर्माण तथा लगानी गर्न पाउँदा गौरवान्वित भएको बताए । उनले पावर चाइनाले नेपालमा १० आयोजना निर्माण गरेको बताउँदै यो आयोजना समयमै सम्पन्न गर्ने बतए ।

एचआइडीसियलका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले नमूना माडी जलाशययुक्त आयोजनालाई नमूना जलविद्युत् आयोजनाको रूपमा निर्माण गरिने बताए । “आयोजना समयमै सक्छौँ । यो नमूना आयोजना बन्नेछ”, उनले भने , “त्यसका लागि हामीले आजबाटै आयोजना स्थलको काम सुरू गरिसकेका छौँ । स्थानीयको पूर्ण सहयोग हने प्रतिबद्धताबाट हामी उत्साहित छौँ ।” आयोजना स्थल रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पाको गौरवको रूपमा रहेको आयोजनाका लागि मुआब्जा वितरणलगायतका सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved