बिओकेको अगुवाईमा काबेली बी वान कास्केड आयोजनालाई जुट्यो लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 06:45:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 काबेली बी वान कास्केड जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  र कुमारी बैंक Kumari Bank Limited  ले ऋण लगानी गर्ने भएका छन् । बैंक र अरुण भ्याली जलविद्युत बिकास कम्पनीबीच बुधबार  सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाईमा ऋण लगानी हुने भएको हो । 

९.९४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रहेको छ । अरुण भ्यालीले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण गरीरहेको छ । 

अरुण भ्यालीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डू लिमिटेडले नै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई असोज १, २०६० देखी नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तियकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको बैंकले जनाएको छ ।  

बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved