अरुण तेस्रोको लागि जुट्यो स्रोत, नेपालको २ सहित ७ बैंकको ऋण लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2020 | 01:45:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण तेस्रो जलविद्युत परियोजनाको ऋण लगानी सम्झौता भएको छ । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको जलविद्युत परियोजनाका लागि विहिबार नेपालका २ सहित ७ वटा बैंकले ऋण सम्झौता गरेका छन् । 

१ खर्ब ११ अर्ब ३३  करोड कुल अनुमानित लागत रहेको आयोजना ७० प्रतिशत ऋण र ३० प्रतिशत स्पुँजीमा निमार्ण गर्न लागिएको हो । उक्त परियोजनाको अनुमानित लागत १ खर्ब ४४ अर्ब रहेको छ । हाल कम्पनीले स्वपुँजीबाट नै काम गरिरहेको छ ।

परियोजनाको लागि लगानी बोर्डले वित्तीय ब्यवस्थाको स्वीकृति प्रदान गरेसँगै आज ऋण लगानी सम्झौता भएको हो । नेपालको  नविल र एभरेष्ट बैंकको साथै भारतको एसबिआइ, कानरा बैंक, पञ्जाब नेशनल बैंक, एक्जिम बैंक अफ इण्डिया र युनियन बैंकले ऋण लगानी गर्ने भएका हुन् । उक्त परियोजनमा भारतको एसबिआइ बैंकको नेतृत्वमा सहवित्तीयकरणमा ऋण लगानी सम्झौता भएको छ । 

परियोजनमा नेपालको एभरेष्ट  र नविल बैंकले  १५ अर्ब २६ करोड लगानी ऋाण लगानी गर्नेछन् । त्यस्तै भारत ५ वटा बैंकले कुल ८५ अर्ब ९८ करोड ऋण लगानी गर्नेछन् । नेपाल बैंकको ऋणको ब्याजदर ८.८ प्रतिशत र भारतिय बैंकको ऋणको ब्याजदर ८.२ रहेको छ । विदेशी लगानीमा बन्न लागेको परियोजना भएपनि यसमा नेपालका बैंकहरुले समेत ऋण लगानी गर्ने भएका हुन् ।  

लगानी बोर्डले संयोजन गरिरहेको सो आयोजनालाई सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सरकारले आयोजनालाई २०७४ कात्तिक २७ गते ६ महिनाको समयसीमा दिएर वित्तीय व्यवस्थापन गर्न भनेको थियो । सरकारले दिएको समय सीमा भने २०७५ बैशाखमा नै सकिएको छ तर आयोजनाले ढिलै भएपनि वित्तीय ब्यवस्था गर्न सफल भएको छ । कम्पनीले नेपाल सरकारले गत वर्ष आयोजना गरेको लगानी सम्मेलन र नेपाल उद्योग परिरसंघले गरेको पुर्वाधार सम्मेलनमा छिट्टै स्रोत जुटाउन बताएको थियो । आयोजनाले ढिलै भएपनि आज वित्तीय ब्यवस्थाको लागि ऋण सम्झौता गरेको छ । 

९०० मेगावाट मध्ये नेपालले १९७ मेगावाट विद्युत निशुल्क पाउँनेछ । भने २५ वर्षपछि आयोजना पुर्ण रुपमा नेपाल सरकारको मातहतमा आउनेछ । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ वैशाखमा स्वीच थिचेर आयोजनाको शिलान्याश गरेका थिए । वित्तीय ब्यवस्थापन प्रक्रियाकै चरणमा भएपनि परियोजनाको निर्माणको काम भने सुरू गरिसकेको छ । करिब ३० प्रतिशत काम सम्मपन्न भएको आयोजनाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved