लिखु आयोजनालाई रामेछाप र ओखलढुंगाको वन प्रयोग गर्न अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 05:08:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले तल्लो लिखु जलविद्युत आयोजनाको लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ । माघ २७ र २८ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको इन्टेक पावरहाउस सर्जसाफ्ट र पेनस्टक लगायतका स्थायी संरचना बनाउन रामेछाप र ओखलढुंगा जिल्लामा पर्ने वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

रामेछापको लिखु तामाकोशी गाउँपालिका ४ मा रहेको सिपुपाखा, रातमाटा सामुदायिक वनहरु समेतको ०.७१ हेक्टर र ओखलढुंगाको लिखु गाउँपालिकामा पर्ने ०.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधीन २८.१ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण करिब ७० प्रतिशत पूरा भईसकेको छ । 

यसैबीच सरकारले बुर्तिवाङ–पुहुँदीअमराई–तम्घाँस–गोरुसिँगे १३२ के.भि. प्रशारण लाइनको अर्घाखाँची खण्डको ‘राइट अफ वे’सहित केही टावर संरचना तयार गर्न अर्घाखाँचीको विभिन्न वनहरुको ४७.६६० हेक्टर वन क्षेत्र प्रयोग गर्न पनि सरकारले स्वीकृति दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved