बूढीगण्डकी छिट्टैनै निर्माण हुन्छ: अध्यक्ष प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2020 | 08:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् । सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा उद्घाटन गर्दै उनले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताए ।

उनले जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उनले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे । 

कूल १५५ कक्ष रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने  र दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved