हाइड्रो उत्पादकहरुको चुनावको मिति तय, अध्यक्षको उम्मेदवारी शुल्क १ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 04:10:14 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानको स्थगित भएको निर्वाचनको मिति तय भएको छ  । संशोधित विधान स्वीकृतिको कार्य सम्पन्न भइनसकेले रोकिएको निर्वाचन आगामी चैत्र १७ गते हुने भएको हो ।

इपानले आफ्ना सदस्यहरुलाई निर्वाचन कार्यतालिका पठाएको हो । जस अनुसार १६ गते संस्थाको कार्यालयमा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी बिरोध, उम्मेदवारी फिर्ता लिने कार्य, र उम्मेदवारको अन्तिम निर्णय प्रकाशन गर्ने कार्य हुने छ । मतदान कार्यक्रम भने १७ गते होटेल रोयल सिंगीमा हुने छ ।

उम्मेदवारी दर्ता गर्नको लागि अध्यक्षको लागि १ लाख , उपाध्यक्षको लागि  ९० हजार, महासचिवको लागि  ६० हजार, सचिवको लागि  ५० हजार, कोषाध्यक्षको लागि  ५० हजार, र सदस्यहरुको लागि ४० हजार तोकिएको छ । 

यस पटक इपानमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ सचिव, १ कोषाध्यक्ष गरी ९ जना पदाधिकारीको निर्वाचन हुने छ । त्यस्तै ४ खुला सदस्य र २ महिला सदस्यको लागि निर्वाचन हुने छ । बाँकि २ जना सदस्य निर्वाचित कार्य समितिको पहिलो बैठकबाट चयन हुने छन् । जसमा निवर्तमान अध्यक्ष र १ एसोसिएट सदस्य चयन हुने ब्यबस्था छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved