विद्युत महशुल निर्धारणको लागि सार्वजनिक सुनुवाई हुने, यस्तो छ प्रस्तावित दर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 05:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत नियमन आयोगले विद्युत महसुल निर्धारण गर्नका लागि सार्वजनीक सुनुवाई गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत महसुल निर्धारण प्रस्ताव उपर आयोगले सार्वजनिक सुनुवाई गर्ने भएको हो ।

आयोगले बुधबार पत्रकार सम्मेलन गरी चैतको १४, १६ र १७ गते डाइनिङ्ग पार्क, मध्य बानेश्वर, पिपलबोटमा सार्वजनीक सुनुवाई कार्यक्रम गर्ने जनाएको छ । आयोगले विहान १० बजे देखि ०५ बजेसम्म सुनुवाई हुने भएकोले उपभोक्ता र सरेकारवालाहरुको राय, सुझाव तथा प्रतिक्रियाहरु दिन आग्रह गरेको छ । आयोगले सार्वजनिक सुनुवाई कार्यकममा आयोगका अध्यक्ष, सदस्य, अधिकारीहरु र नेपाल विद्युत प्राधिकरणको प्रतिनिधिहरु रहने जनाएको छ । 

आयोगले सूचना प्रविधिको माध्यमबाट सार्वजनीक सुनुवाई हुने भएकोले विदेशमा रहेका नेपालीले समेत भिडियोमार्फत आर्फनो राय तथा सुझाव दिन सक्ने आयोजले जनाएको छ । 

डिजिटलको माध्यमबाट प्रतिक्रिया दिन इच्छुक रहेकाहरुको लागि अयोगले मोबाइल नम्बर उपलब्ध गराएको छ । आयोगका अनुसार ९८४७३४००३८, ९८४७३४००४३ र ९८४७३४००४५ मा फोन तथा उक्त नम्बरको वाट्स एप तथा भाइवरमार्फत प्रतिक्रिया दिन सकिने जनाएको छ । त्यस्तै आयोगको इमेल ठेगानामा तथा वेबसाइटमार्फत पनि आफ्नो सुझाव दिन सक्ने जनाइएको छ । 

सार्वजनिक सुनुवाईपछि महशुल तोक्ने आयोगको तयारी छ । आयोगले उपभोतालाई १३ वटा ग्राहक वर्गमा बर्गिकरण गरी प्रस्ताव गरेको छ । 

यो पनि : 

यस्तो छ प्रस्तावित नयाँ विद्युत् महसुल दर, २० युनिटसम्म प्रयोग गरे निशुल्क


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved