लमजुङमा निर्माणाधिन ४ जलविद्युत आयोजनाको काम रोक्न स्थानीयको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 10:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङमा निर्माणाधिन ४ वटा जलविद्युत आयोजनाको काम रोक्न स्थानीयले माग गरेका छन् । लकडाउनका बेलामा पनि आयोजनाको काम सूचारु हुँदा आवतजावत गर्ने मजदूर र निर्माण सामग्री ढुवानी गर्ने गाडीका चालक सहचालकबाट कोरोनाको संक्रमण हुने भन्दै स्थानीयले काम रोक्न माग गरेपनि आयोजनाको काम भने निरन्तर चलिरहेको छ ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ६ मा निर्माणाधिन आयोजनाको काम लकडाउन अवधिभर रोक्ने विषयमा आयोजना, गाउँपालिका र स्थानीयबीच १२ बुँदे सहमति भएपनि आयोजनाले काम नरोकेको स्थानीय कर्ण तामाङ बताउँछन् । 

‘दैनिक रुपमा कामदार ओहोर दोहोर गरिरहन्छन्, यसरी जोखिम बढ्यो भनेर जानकारी गराउँदा गाउँपालिकाले वास्ता गरेन’ तामाङ भन्छन्, ‘निर्माण सामग्री दैनिक रुपमा ल्याइन्छ, हामीले केही दिन यसो नगर्दिनोस्, काम रोकिदिनुहोस् भन्दा प्रहरीको स्कटिङमा सामान ल्याईन्छ, हाम्रो स्वास्थ्य माथि खेलवाड भईरहेको छ । गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङ र उपाध्यक्ष दील बहादुर घलेले हाम्रो वास्ता गरेनन् ।’ 

गृह मन्त्रालयको आदेश भन्दै प्रहरीले सामान बोक्ने गाडीलाई स्कर्टिङ गर्दै लगिरहेको छ । 

लमजुङको दोर्दी गाउँपालिका ६ मा माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट, दोर्दी १ जलविद्युत आयोजना १२ मेगावाट, पिपल्स हाइड्रोपावर ४९ मेगावाट र हिमालयन पावर पार्टनर २७ मेगावाट क्षमताका आयोजना निर्माण भईरहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved