उत्तरगंगा विद्युत् आयोजना सञ्चालन हुने, १८ महिनाभित्र बिजुली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 13, 2020 | 09:29:07 AM मा प्रकाशित

laxmi  sunrise bank

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले एक मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं ११ तल्लो सेरामा एक मेगावाट क्षमताको उत्तरगंगा विद्युत् आयोजना निर्माण गर्न लागिएको हो । आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको र बोलपत्र आह्वान गरिसकिएको जनाइएको छ । जिल्लामा निर्माण भएका अन्य साना जलविद्युत् आयोजना धेरै छन् ।

जिल्लामा निर्माण हुँदै गरेको पाँच मेगावाटपछिको यो दोस्रो ठूलो क्षमताको आयोजना रहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताईन्। कुल रु५२ करोड लगानीमा उक्त आयोजना निर्माण हुने जनाइएको छ । उपाध्यक्ष शाहीका अनुसार रु२८ करोड एडिबीको सहयोग तथा कृषि विकास बैंक र गाउँपालिकाको रु पाँचपाँचकरोडको लगानी हुने छ । बाँकी रु १४ करोड गाउँपालिकावासीले सेयरमार्फत लगानी गर्ने छन् ।

जम्मा १७ हजार ९३४ जनसंख्या रहेको गाउँपालिकामा पाँच हजार आठ घरधुरी छ । उत्तरगंगा हाइड्रोपावर निर्माणको काम अगाडि बढाउनका लागि गत माघ पहिलो साता बोलपत्र आह्वान गरिएको थियो । चैतदेखि काम शुरु गर्ने भनिए पनि कोरोना महामारीको कारण आयोजनाको काम अगाडि बढ्न नसकेको उपाध्यक्ष शाहीले बताईन्।

सम्झौता भएको १८ महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । एक मेगावाट क्षमताको विद्युत् आयोजनाले गाउँपालिका नै झिलीमिली बनाउनाका साथै बाहिर निर्यात गर्ने बताइएको छ । अहिलेसम्म गाउँपालिकामा साना विद्युत् आयोजनाले उज्यालो दिइरहेका छन् भने कतिपय ठाउँमा विद्युत पु¥याउने काम भइरहेको छ । एक मेगावाटको विद्युत् आयोजना निर्माण भएमा सबै साना आयोजनालाई ग्रीडमा जोडेर बाहिर निर्यात गर्ने बताइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved