निजि उर्जा उद्यमीलाई मन्त्री पुनले भने 'राहत दिन्छौ, चिन्ता नलिनु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 08:38:57 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले उर्जा प्रदबर्दकहरुलाई राहत दिने बताएका छन्। नेपाल उद्योग परिसंघले मंगलबार गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री पुनले सरकारले राहत दिने योजना बनाएकोले चिन्ता नलिन आग्रह गरेका हुन् । 

पीपीए सम्झौता भइसकेका तथा सर्भे र जेनेरेशन लाइसेन्स लिइसकेका जलविद्युत आयोजनाको समय घर्किए पनि चिन्ता नगर्न व्यवसायीलाई उनले आग्रह गरे। महामारीका कारण उत्पन्न विशेष परिस्थिति आएकाले संसदबाटै विशेष ऐन÷कानून ल्याएर समस्या समाधान गर्ने तयारीमा सरकार रहेकाले त्यसमा चिन्ता नलिन उद्योगी व्यवसायीलाई मन्त्री पुनको अपिल छ । ‘महामारीका कारण सरकार, निजी क्षेत्र, सरकारी स्वामित्वका कम्पनी सबै समस्यामा छौं’, उनले भने, ‘सबै मिलेर क्षति बाँडफाँड गर्ने हो, धेरै चिन्ता लिनुपर्दैन ।’ 

विद्युत महसुलको नयाँ दर छिट्टै 

कार्यक्रममा मन्त्री पुनले विद्युत महसुलको नयाँ दरबारे विद्युत नियमन आयोगले अन्तिम गृहकार्य गरिरहेको जानकारी आफूलाई रहेको उल्लेख गरे । आयोगले आगामी साता सार्वजनिक सुनुवाई गर्ने र लगत्तै शुल्कबारे निर्णय लिने उनको भनाइ छ । मन्त्री पुन अध्यक्ष रहेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले जति बढी विद्युत खपत ग¥यो त्यति नै कम शुल्क लाग्ने गरी नयाँ दर निर्धारण गर्न आयोगसमक्ष सिफारिस गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved