स्थानीयले रोके घारखोला जलविद्युत् आयोजनाको काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2020 | 08:39:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभावित क्षेत्रका बासिन्दाले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजना निर्माणमा अवरोध गरेका छन् । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिका–६ घारका बासिन्दाले नौ बुँदे माग राख्दै आजदेखि आयोजनाको निर्माणकार्य रोकेका हुन् ।

आयोजना निर्माणस्थलमा जाने मूल सडकमा पर्खाल लगाएर अवरोध गरिएको राधेश्याम खड्काले जानकारी दिए । स्थानीयवासीको अवरोधका कारण बाँध, सुरुङ र विद्युत्गृह निर्माण प्रभावित भएको आयोजनाले जनाएको छ । आयोजनाको पहुँचमार्गलाई सुरक्षित र व्यवस्थित बनाउने तथा सडक छेउछाउका बस्ती संरक्षणका लागि यसअघि गरेको प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने, विस्फोट गराउँदा घर चर्किएकाले मूल्याङ्कन गरी क्षतिपूर्ति दिनुपर्ने, रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने, सामाजिक सहयोग कार्यक्रमको बजेट पारदर्शीरूपमा परिचालन गर्नुपर्नेलगायत माग राखेका छन् ।

विसं २०७४ चैतदेखि पूर्वाधार निर्माण शुरु गरेको आयोजनाले अन्नपूर्ण गाउँपालिकाको ५ र ६ नं वडाको सीमा क्षेत्रमा पर्ने कुरीलाबगरमा बाँध, पोखरेबगरमा विद्युत्गृह र तीन किलोमिटर सुरुङ निर्माण गरिरहेको छ । कोरोनाको त्रास र बन्दाबन्दीका समयमा घर नगएका मजदुर परिचालन गरेर सामाजिक दूरी कायम गरी सुरक्षा सतर्कता अपनाएर आयोजना निर्माणको काम भइरहेको थियो ।

आयोजनाको सामाजिक क्षेत्र हेर्ने सम्पर्क व्यक्ति प्रकाशचन्द्र पौडेलले प्रभावितसँग भएको सहमतिअनुसारको काम भइरहेको अवस्थामा लकडाउनपछि रोकिएको बताए । अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित क्षेत्रका बासिन्दा र आयोजनाका पदाधिकारीबीच छलफल गराउन खोजे पनि लकडाउनका कारण नसकेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved