उर्जातर्फ रामेछापमा ४ अर्ब बजेट, कुन आयोजनामा कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2020 | 03:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षको लागि रामेछाप जिल्लामा निर्माणाधिन जलविद्युत आयोजनाका लागि करिब ४ अर्ब बजेट छुट्याएको छ । उर्जा मन्त्रालयले रामेछाप जिल्लासमेत जोडिएर निर्माण हुने क्रममा रहेका विभिन्न जलविद्युत आयोजनाका लागि बजेट छुट्याएको हो । 

मन्त्रालयले छलफलकै चरणमा रहेका सुनकोशी २ र सुनकोशी ३ आयोजनाका लागि पनि बजेट विनियोजन गरेको छ । 

रामेछापका ठूला जलविद्युत आयोजना र बजेटः 

१) सुनकोशी २/३ ज.वि.आ. (१६०० मे.वा.) सिन्धुली, रामेछापः १९ करोड ९९ लाख ८६ हजार ।

२) खिम्ती–ठोसे–सिवालय ज.वि.आ. (३२६ मे.वा.) दोलखा, रामेछापः ३ करोड ७९ लाख ४९ हजार ।

३) रामेछाप–गर्ज्याङ–खिम्ती १३२ के.भी. प्रशारण लाइन आयोजना (५० कि.मी.) रामेछाप, दोलखाः २ करोड ।

४) खिम्ती–ढल्केबर २२० के.भी. प्रशारण लाईन (७५ कि.मी.) मोहत्तरी, धनुषा, सिन्धुली, रामेछापः २० लाख ।

५) अरुणपूल–सतङ्ला हब–न्यू–खिम्ती–तामाकोशी ३ – सुनकोशी हब–ढल्केबर ४०० के.भी. आयोजनाः सोलुखुम्बु, रामेछाप, ओखलढुङ्गाः ६० करोड ।

६) तामाकोशी काठमाडौँ २२०/४०० के.भी प्रसारण लाइन आयोजना रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुरः ३ अर्ब ।

७) साँगुटार–घुर्मी ३३ के.भी. प्रशारण तथा सवस्टेशन आयोजना, रामेछापः १ करोड

८) खुर्कोट–नेपालथोक राकाथुम ३३ के.भी. प्रशारण आयोजना, रामेछापः १ करोड

ग्रामीण तथा नवीकरणीय उर्जा कार्यक्रमतर्फ ६४ लाख बजेट रामेछापले पाएको छ । जिल्लाको लिखु तामाकोशी गाउँपालिका बाहेक सबै स्थानीय तहले बजेट पाएका हुन् । 

यो कार्यक्रम अन्तर्गत सौर्य उर्जा प्रवद्र्धन, सुधारिएको चुलो, बाँयो ग्यास र लघु जलविद्युत जडान कार्यक्रम पर्नेछ । 

कुन स्थानीय तहमा कति ?

मन्थली नगरपालिकाः ८ लाख

रामेछाप नगरपालिकाः ८ लाख 

उमाकुण्ड गाउँपालिकाः ८ लाख

खाँडादेवी गाउँपालिकाः १२ लाख

गोकुलगङ्गा गाउँपालिकाः १२ लाख

दोरम्बा गाउँपालिकाः ८ लाख

सुनापति गाउँपालिकाः ८ लाख

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved