खाद्य कम्पनीले फेरि थाल्यो विद्युतीय चुल्होको विक्रि, कति पर्छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2020 | 01:17:32 PM मा प्रकाशित

laxmi  sunrise bank

केही समयअघि चीनबाट ल्याईएको इन्डक्सन चुल्हो (विद्युतीय चुल्हो) विक्रि गरेपछि हौसिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पुनः विद्युतीय चुल्होको विक्रि थालेको छ । कम्पनीले नेपाली बजारबाटै चुल्हो किनेर विक्रि सुरु गरेको हो । कम्पनीले बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो विक्रि थालिएको जनाएको छ ।

स्थानीय बजारबाटै किनेको भएपनि कम्पनीले खरिद गरेका चुल्हो भारतमा बनेका हुन् । यसअघि चीनबाट सहायता स्वरुप प्राप्त चुल्हो प्रति गोटा ४ हजार रुपैयाँमा बेचेको कम्पनीले अहिले पनि सोही मूल्यमा बेच्न सुरु गरिएको जनाएको छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीका अनुसार कम्पनीले हाल १३३ वटा चुल्हो किनेर विक्रि सुरु गरेको छ । उनले काठमाडौँको चक्रपथ क्षेत्रमा भने होम डेलिभरीको सेवा पनि रहेको बताए । शनिबारबाट विक्रि सुरु गरिएको भएपनि सोमबार अलि बढी अर्डर आएको उनको भनाई छ । इ–कमर्श कम्पनी सस्तो डीलसँग सम्झौता गरेर कम्पनीले अनलाइनमार्फत पनि अर्डर लिँदै आएको छ । चैत्र २६ गतेबाटै अनलाइनमार्फत अर्डर लिएर होम डेलिभरी सेवा दिँदै आएको व्यापार कम्पनीले जडिबुटी कम्पनीले उत्पादन गरेको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानबाट उत्पादित घिउ पनि बेच्न थालेको छ ।

‘सस्तो डिलमार्फत खाद्य सामग्रीको अर्डर लिईने र अर्डर आएपछि सस्तो डिलकै कर्मचारीले खाद्य कम्पनीको गोदाममा आएर सामान लिएर उपभोक्ताको घरसम्म पुर्याउने गर्नुहुन्छ’ प्रमुख कार्यकारी अधिकृत सुवेदीले भने, ‘अनलाइनमार्फन भूक्तानीको लागि उपभोक्ताले इ–सेवा र खल्तीमार्फत पैसा तिर्न सक्नुहुन्छ ।’

नेपालमा बिजुलीको उत्पादन बढ्दो क्रममा रहेको र उपभोक्तालाई बिजुली चुल्हो चलाउन पोख्त बनाउने उदेश्यले यसको प्रयोग बढाउने लक्ष्य लिईएको कम्पनीले जनाएको छ । लकडाउन सुरु भएकै बेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाना पकाउन ग्याको सट्टा बिजुलीकै प्रयोग गर्न अनुरोध गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved