इपान निर्वाचनमा यस पटक दुई धार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 11:29:08 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को निर्वाचनको लागि सूर्यप्रसाद अधिकारी समुहले प्यानल घोषणा गरेको छ । रुग्ण जलविद्युत आयोजना संघर्ष समितिका संयोजक तथा बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष रहेका अधिकारीको नेतृत्वमा प्यानल घोषणा भएको हो ।

अध्यक्षमा अधिकारी सहित १५ सदस्यीय प्यानल घोषणा भएको हो । जस अनुसार उपाध्यक्षमा उत्तम बोलों, भरत खत्री, अर्जुन गौतमले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै प्यानलको महासचिवमा गोरे शेर्पा, सचिवमा भरत लामिछाने थापा, मोहन बिक्रम कार्कि, प्रकाश दुलाल , र बलराम खतिवडा रहेका छन् । 

प्यानलको कोषाध्यक्षमा बलराम खतिवडा र सदस्यहरुमा मिथुन सिपी पौडेल, सुमन कुमारी जोशी, बिक्रम विष्ट र जितमान शेर्पा रहेका छन् । महिला सदस्यमा  आभिग्य मल्ल र केसाङ डिकी लामा रहेकी छिन् । इपानले आफ्नो विधान संशोधन गरेर १७ सदस्यीय कार्यसमिति रहने ब्यबस्था गरेको छ ।

हालसम्म सर्वसम्मत रुपमा कार्यसमिति चयन हुदै आएकोमा यस पटक भने निर्वाचनमा दुई धार बनेको हो ।  संस्थापन पक्षले आफ्ना मागहरुलाई वेवास्ता गरेको भन्दै अधिकारी समुहले प्यानल घोषणा गरेको हो। रुग्ण आयोजनाका समस्या नसुनेको र सरकारसँग पर्याप्त लबिङ नगरेको अधिकारी समुहले जनाएको छ । 

निर्वाचनको लागि आज उमेद्वारी दर्ता हुदै छ । निर्वाचन आगामी असार १५ गतेको लागि तय भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved