इपानको अध्यक्षमा अधिकारी र आचार्य भिड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2020 | 06:55:07 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को अध्यक्षमा सुर्य अधिकारी र कृष्ण आचार्य भिड्ने भएका छन् ।   हालसम्म सर्वसम्मत रुपमा कार्यसमिति चयन हुदै आएकोमा यस पटक भने निर्वाचनमा दुई धार बनेको हो । दुवै प्यानलले आज उम्मेदवारी दर्ता गराएका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका अधिकारी  रुग्ण जलविद्युत आयोजना संघर्ष समितिका संयोजक तथा बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष हुन् । आचार्य भने विन्ध्यवासिनी हाइड्रोका संस्थापक अध्यक्ष हुन् । उनको हाइड्रोमा बाहेक बैंक , पर्यटन, होटेल, शिक्षा लगायतका क्षेत्रमा लगानी छ । 

निर्वाचन आगामी असार १५ गतेको लागि तय भएको छ । १४ गते उम्मेदवारहरुको दाबी विरोध, दाबी विरोध उपर छानविन, उम्मेदवारी फिर्ता लिने समय र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।  

को को छन् उम्मेदवार ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved