कोरोनाको कहरमा पनि अर्थतन्त्र उकालो लाग्ने देशको सुचिमा नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2020 | 07:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोनाभाइरस महामारीकाबीच पनि नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतले हुनु सुखद  भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६।०७७ मा २.३ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धी भएको उल्लेख गरे । 

संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्र समेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भएपनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ थियो । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिलगर्ने संसारका १८ मुलुकमध्ये नेपालपनि एक भएको चर्चा गरे । ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुकहरु ऋणात्मक अर्थतन्त्रको शिकार भएका बेला समत नेपालमा आर्थिक वृद्धि हुनु सकारात्मक भएको उनले बताए ।  ‘महामारीको चुनौतीपूर्ण अवस्थामा संसारका १८ मुलुकले मात्र आर्थिक वृद्धि गर्न सकेका छन्’, मन्त्रालयको तेश्रो चौमासिक र वार्षिक समीक्षा तथा विकास समस्या समाधान समिति बैठकमा आइतबार मन्त्री पुनले भने, ‘यस्तो अवस्थामापनि ३.२ प्रतिशत आर्थिक वृद्धि हुनु धेरै राम्रो हो । यो सरकारको सफलताहो ।’ 

मन्त्रीपुनले महामारी कै बीचमा पनि आफ्नो मन्त्रालय अन्तर्गतका ठूला जलविद्युत र सिंचाइ आयोजनाका काम नरोकिएको बताए । उनले लकडाउन अवधिमा चार सय ५६ मेगावटको मथिल्लो तामाकोशी सहित ठूला जलविद्युत आयोजना र भेरी–बबई डाइभर्सन तथा सिक्टा सिंचाइ आयोजनाका काम निरन्तर भएको उल्लेख गरे । उनले प्रधानमन्त्री कार्यालयको मनिटरिङमा पनि आफ्नो मन्त्रालयकाम धेरै गर्ने ठूला पूर्वाधार मन्त्रालयमध्ये एक दुई नम्बरमै रहेको उल्लेख गरे । मन्त्री पुनले असामान्य अवस्थामा देखाएको स्पिरिटलाई सामान्य अवस्थामा कायम राख्दै चालु आर्थिक वर्षमा थप राम्रो काम गर्न मन्त्रालयका उच्चअधिकारी सहित विभिन्न आयोजना, कम्पनी र विभागीय प्रमुखहरुलाई निर्देशन दिए । मन्त्री पुनले प्रदेश २, ३, गण्डकी र प्रदेश–५ यसै आर्थिक वर्षमा र कर्णाली र सुदूरपश्चिम आगामी आर्थिक वर्षभित्र र प्रदेश–१ मा आगामी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने गरी मन्त्रालयले कामगरिरहेको बताए 

मन्त्रीपुनले आर्थिक वर्ष २०७५ देखि २०८५ सम्मलाई ऊर्जा दशक घोषणा गरिएको स्मरण गर्दै उक्त अवधिमा जसरी पनि नेपालको कूल जलविद्युत उत्पादन क्षमता १५ हजार मेगावाट बनाउनै पर्ने स्पष्ट गरे । ‘१० वर्षमा १५ हजार विजुली उत्पादन हुनैपर्छ । नीतिगत रुपमा के सुधार गर्नुपर्ने हो । कसरी लगानीआकर्षित गर्ने हो । लगानीकर्तालाई कसरी राहतदिने हो । त्यो प्रस्तावल्याउनुस, म सहजीकरण गर्न तयार छु । जसरी पनिकाम हुनुपर्छ । यसमा सबै गम्भीर हुनुस्’, मन्त्रीपुनले भने । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved