चिलिमेको नाफामा सामान्य वृद्धि, प्राधिकरणको कारण विद्युत बिक्रिको आम्दानी घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 11:14:42 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७६/७७ मा चिलिमे हाइड्रोपावर कम्पनी Chilime Hydro power Company Limited  को नाफा ० दशमलव २५ प्रतिशतले बढेको छ ।  कम्पनीले यसअवधिमा ७४ करोड ८० लाख ५९ हजार रुपैयाँ कमाएको हो ।   अघिल्लो वर्ष यसैअवधिमा चिलिमेले ७४ करोड ६२ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यस अवधिमा कम्पनीको बिद्युत बिक्रिबाट हुने आम्दानी घटेको छ ।  अघिल्लो वर्षको यसैअवधिको तुलनामा बिद्युत बिक्रिबाट हुने आम्दानी २.५४५ ले घटेर १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँमा सीमित भएको छ । कोरोनाभाइरसको प्रकोप र कम बिजुली मागका कारण प्राधिकरणले चिलिमे जलविद्युतले उत्पादन गरेको सबै बिजुली किन्न नसकेको कारण गत आर्थिक वर्षको तुलनामा कम बिजुली बिक्री रकम कम भएको कम्पनीले जनाएको छ । 

चौथो त्रैमास सम्ममा कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५८ पैसाले घटेर १३ रुपैयाँ १० पैसाकायम भएको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २४ पैसा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved