प्राधिकरणको कार्यकारी निर्देशक बन्ने दौडबाट बाहिरिए सुशिल ज्ञवाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 10:26:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक बन्ने दौडमा थिए । तर उनले आफ्नो पूर्ण ध्यान पुननिर्माणको बाँकी काम पूरा गर्न केन्द्रित रहेको दाबी गर्दै आफू दौडमा नरहेको बताएका छन् ।

२०७२ पौष १० मा सरकारले प्रमुख कार्यकारी अधिकृतमा ज्ञवालीलाई नियुक्त ग¥यो । सोही ऐनको दफा ३ अनुसार तोकिएको प्राधिकरणको कार्यावधि २०७७ पौष १० गते ५ वर्ष पुग्दैछ । अवधि बाँकी हुँदै यसअघि लगानी बोर्डको सीईओमा दाबेदार रहेका उनी अन्तिममा हात झिकेर फर्किएका थिए । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल भदौ २९ गते सकिँदैछ । सरकारले भदौ २९ गते अघि नै नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नुपर्ने छ । यसको दौडमा रहेका ज्ञवालीलाई नेकपा महासचिव विष्णु पौडेलले साथ दिएका थिए । प्राधिकरणको कार्यकारी निर्देशकमा ज्ञवालीको नाम पनि चर्चामा रहेपनि उनले भने आफ्नो दाबी थियो कि थिएन भन्नेबारे केही बोलेका छैनन् । तर अब आफू दौडबाट पछि हटिसकेको घोषणा गर्दै उनले प्राधिकरणको कार्यकारी निर्देशकको दाबेदारका रुपमा आफ्नो नलेख्न आग्रह गरेका छन् । 

प्राधिकरणको कार्यकारी निर्देशक बन्ने दौडमा अब बहालवाला कार्यकारी निर्देशक घिसिङसँगै   प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य, विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंह, प्राधिकरणका पूर्व कर्मचारी शान्ति लक्ष्मी शाक्य र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपाने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved