हाइड्रो कम्पनी पनि मर्जर वा प्राप्तिमा जान सक्ने, यस्तो बन्यो निर्देशिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 11:13:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अब जलविद्युत कम्पनीहरु पनि एक आपसमा मर्जर तथा प्राप्ति जान सक्ने भएका छन् । विद्युत नियमन आयोगले यस सम्बन्धी निर्देशिका जारि गरे सँगै जलविद्युत कम्पनीहरुलाई पनि मर्जर तथा प्राप्तिमा जानको लागि बाटो खुलेको हो ।

जस अनुसार कुनै कम्पनी गाभिन चाहेमा वा कुनै दुई संस्था मर्ज हुन चाहेमा साधारणसभाले निर्णय गरेर आयोगमा निवेदन दिनु पर्ने छ। निवेदन दिंदा प्राविधिक मुल्यांकन, आर्थिक मुल्यांकन र स्वाप रेसियोको विवरण समेत खुलाउनु पर्ने छ । आयोगले यसरी आउने निवेदन अध्ययन गर्दा केहि कैफियत द्देखिएमा पुन: मुल्यांकन पेश गर्न आदेश दिन सक्ने छ ।

आयोगले निवेदन प्राप्त गरेको ९० दिनमा मर्जर तथा प्राप्तिको लागि सहमति दिने वा नदिने भन्ने गरिसक्नु पर्ने उल्लेख छ । आयोगले सहमति दिंदा शर्त सहित अनुमति प्रदान गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

हेर्नुस् निर्देशिका: 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved