प्राधिकरणमा कुलमानलाई नै निरन्तरता दिन शाक्यको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2020 | 10:37:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कुलमान घिसिङको कार्यकाल सकिने मिति नजिकिदैं गर्दा नेपाल बिद्युत प्राधिकरणको भावी कार्यकारी निर्देशकको लागि दौडधुप सुरु भएको छ। भदौ २९ गते नजिकिंदै गर्दा कार्यकारी निर्देशक बन्न आकांक्षीहरूको दौड सुरु भएको हो। 

भावी कार्यकारी निर्देशकको लागि धेरैको नाम चर्चामा आएका छन्। पछिल्लो समय भावी कार्यकारी निर्देशकको लागि केहि नाम चर्चामा छन्। यसमध्ये एक जना कुलमान घिसिङ आफैं एक हुन्। घिसिङ आफैँ एक कार्यकाल दोर्‍याउन चाहेका छन्।

तत्कालिन माओवादीको साथले कार्यकारी निर्देशक बनेका घिसिङको दोहोरिने नदोहोरिने नेकपाका दुई अध्यक्षबीचको लेनदेनले निर्धारण गर्ने बताइन्छ।  नेकपाका दुई अध्यक्ष  सहमतीमै अगाडी बढ्ने निष्कर्षमा पुगेभने घिसिङलाई दोहोर्याउन नेकपा तयार हुने विश्लेषण छ। 

यद्दपी पछिल्लो बिगतमा खुलेरै प्रशंसा गर्ने तत्कालिन माओवादीका नेताहरु सहित अहिलेका उर्जामंत्री बर्षमान पुन समेत कुलमानसँग असन्तुष्ट रहेको बताइन्छ। उर्जामंत्रीसँगको सम्बन्ध सुमधुर नभएपनि जनदबाबका कारण ओली नेतृत्त्वको सरकार कुलमानलाई नै निरन्तरता दिने पक्षमा उभिन सक्ने विश्लेषण छ। 

त्यस्तै कार्यकारी निर्देशकको दौडमा प्राधिकरणको इन्जिनियरिङ कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यको पनि चर्चा छ। तर प्राधिकरणकै उच्च तहका कर्मचारीहरु भने कार्यकारी निर्देशकको दौडमा कुलमानको प्रतिस्पर्धी हितेन्द्र देव शाक्यलाई बनाइनु गलत भएको बताउँछन। कुलमानको कार्यकाल सफल हुनुपर्छ भनेर उनलाई साथ दिने मध्येका एक कर्मचारी हितेन्द्र देव शाक्य पनि भएकाले कुलमानसँग उनले प्रतिस्पर्धा गर्न सक्ने सम्भावना नरहेको उनीहरुको दावी छ। 

त्यस्तै कार्यकारी निर्देशकको आकांक्षीको रुपमा प्राधिकरणकी पुर्व उप कार्यकारी निर्देशक शान्ति लक्ष्मी शाक्यको पनि चर्चा छ। तर शाक्यले भावी कार्यकारी निर्देशकको सुचिमा आफ्नो नाम हुनु स्वभाविक भएपनि आफु कुलमानको प्रतिस्पर्धी नभई सहकर्मी भएको बताइन। 

'योग्यता र क्षमताले कार्यकारी निर्देशक बन्ने क्षमता राख्छु तर आजको दिनमा बिद्युत प्राधिकरणले गर्न बाँकी धेरै काम छन्, नेपालको उर्जा क्षेत्रलाई एउटा सिस्टममा ल्याउनका लागि पनि कुलमानलाई थप एक कार्यकाल दिनुपर्छ' उनले भनिन। 

हाल प्राधिकरण कै सहायक कम्पनी चिलिमे हाइड्रो र सान्जेंनको पनि संचालक रहेकी उनले आफु कार्यकारी पदको दौडमा नरहेको भन्दै अझै एक कार्यकाल कुलमान घिसिङलाई नै निरन्तरता दिन माग समेत गरेकी छन्। प्राधिकरणमा विभिन्न सुधारका कार्यक्रमहरु जारी रहेको र गर्न बाँकी धेरै रहेकाले बाहिरको व्यक्ति ल्याउनु भन्दा कुलमानलाई निरन्तरता दिनु पर्ने शाक्यको भनाई छ। 

बिजपाटीसँग कुरा गर्दै उनले भनिन्, 'बाहिरको व्यक्ति आए, सिस्टम बुझ्न समय लाग्न सक्छ, प्राधिकरणसँग घुलमिल हुन र बुझ्न समय लाग्छ, नयाँ व्यक्तिलाई कठिन हुन्छ, समय पनि बढी खेर जान्छ, यस्तो अवस्थामा प्राधिकरणको सिस्टम बुझिसकेका कुलमानलाई थप १ कार्यकाल दिंदा उपयुक्त हुन्छ।

आफु पनि कार्यकारी निर्देशकको लागि योग्य पात्र भएपनि अहिले प्रतिस्पर्धा भन्दा सहयोग गर्नु पर्ने उनले बताईन् । उनले भनिन्, 'हामी पनि योग्य पात्र हो, तर हामी प्राधिकरणमा कुलमानलाई सहयोग गर्न आएका हौ, प्रतिस्पर्धीको रुपमा नभई सहयोगीको रुपमा प्रस्तुत हुन्छौ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved