सौर्य उर्जामा लगानी गर्दै अपि पावर, १.६४ गिगावाट घण्टा विद्युत उत्पादन लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2020 | 08:28:39 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर लिमिटेडले ग्रिडमा आवद्द सौर्य उर्जा आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बाराको जितपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर १४ मा प्लान्ट राखी सौर्य उर्जा उत्पादन गर्न लागेको हो ।

कम्पनीले यसको लागि अनुमति माग्दै विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले १ हजार किलोवाटको आयोजना बनाउने भएको हो । यसबाट वार्षिक सरदर १.६४ गिगावाट घण्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

त्यहाँ उत्पादित विद्युत ११ केभी प्रसारण लाइनबाट आयोजना स्थल नजिकै रहेको सिमरा सबस्टेशन मारफत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved