पियोर इनर्जीले १० मेगावाटको सोलार पावर आयोजना निर्माण गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2020 | 08:36:56 AM मा प्रकाशित

laxmi  sunrise bank

पियोर इनर्जी प्रालिले बाँकेमा १० मेगावाट क्षमताको सोलार पावर आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरमा आयोना निर्माण गर्नको लागि विद्युत विकास विभागसंग अनुमति माग गरेको हो । 

कम्पनीका अनुसार रनियापुर स्थित पुर्व पश्चिम राजमार्गसँगै जोडिएको २५ बिगाहा जमिनमा आयोजनाको मुख्य संरचना हुने छ । त्यसबाट उत्पादित बिजुली ३३ केभीको प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको कोहलपुर सब स्टेशनमा जोडिने भएको छ । यसबाट बार्षिक सरदर २० हजार २ सय ३४ गिगावट घण्टा विद्युतीय उर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved