न्यादी हाइड्रोले आईपिओ निष्काशन गर्ने, नागरिक लगानी कोषले गर्यो प्रत्याभूति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 03:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशन गर्न लागेको  न्यादी हाइड्रोपावरले प्रत्याभूतकर्ता चयन गरेको छ । कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो ।

शेयर प्रत्याभुत कार्य गर्ने सम्बन्धी सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र न्यादी हाइड्रोपावरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले  खरिद गर्ने छ । 

 कम्पनीले ४० लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख आयोजना प्रभावित स्थानीयलाई छुट्याईएको छ भने ३ लाख कित्ता कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र वाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।  

कम्पनीले लमजुङमा ३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  कम्पनीमा बुटवल पावरको समेत लगानी छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved