प्रसारण लाइन बिना नै बिजुली पठाउन सकिने प्रविधिको विकास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 02:01:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसीबारे उठेका प्रश्नको उत्तर दिने क्रममा 'ट्रक, पानीजहाज वा रेलमा बिजुली पठाउन नसकिने' बताएका थिए । उनको तात्पर्य थियो 'बिजुली एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन प्रसारण नै चाहिन्छ, अर्को कुनै बिकल्प छैन 

हालसम्म विश्वभर ट्रान्समिसन लाइनबाट नै बिजुली एक ठाउँबाट अर्को ठाउँमा पठाइने गरिएको छ  तर न्युजिल्यान्डको एउटा स्टार्टअप कम्पनीले भने प्रसारण लाइन बिना नै बिजुलीलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने प्रविधिको विकासमा सफलता प्राप्त गरेको जनाएको छ   

'इमरोड' नामको स्टार्टअप कम्पनीले विश्व कै पहिलो तार बिनाको प्रसारण लाइन प्रविधि विकास गरेको हो । यो प्रविधिबाट तार बिना नै लामो दुरीसम्म बिजुली पठाउन सकिने कम्पनीले जनाएको हो   

न्युजील्याण्डको  बिजुली वितरण गर्ने दोस्रो ठुलो कम्पनी 'पावरको' ले यो प्रविधिको परिक्षण गर्ने भएको हो   'इमरोड'ले हाल 'पावरको'को लागि परिक्षणको लागि तयार पारिरहेको सिस्टमले केहि किलोवाट बिजुलीमात्र ट्रान्सफर गर्न सक्ने जनाएको छ।   तर यहि प्रविधिबाट बिना तार जति पनि बिजुली , जति पनि दुरीमा पठाउन सकिने कम्पनीको दाबी छ   

कसरी पठाईन्छ बिजुली ?

एन्टिना र रेक्टिनाको प्रयोगले यो सम्भव भएको बताईएको छ कम्पनीका अनुसार सुरुमा एन्टिनाले बिजुलीलाई 'माइक्रोवेभ इनर्जी' मा परिणत गर्छ, जुन रेडियो तरङ्ग जस्तै हुन्छ  त्यसपछि ति तरङ्गहरुलाई तार रहित तर निश्चित बाटो हुँदै बिजुली पुर्याउनु पर्ने रेक्टिनासम्म पुर्याईन्छ त्यसपछि ति तरङ्गहरुलाई  रिक्टिनाले पुन: बिजुलीमा परिणत गर्छ   हावाको माध्यम प्रयोग गरि बिजुली पठाईने र बिजुलीको बाटोमा हावा बाहेक (जस्तै व्यक्ति , चरा अथवा केहि) आएको खण्डमा बिजुली ट्रान्सफर त्यहि रोकिने र हातेपछि पुन: सुचारु हुने बताईएको छ । यसरी ७० प्रतिशतसम्म बिजुली गन्तब्य स्थानमा  पुर्याउन सकिने कम्पनीले जनाएको छ । तारको माध्यमबाट हुने प्रसारणभन्दा यो कम गुणस्तर देखिएपनि ठुला टावर बनाउन नसकिनेस्थानमा भने यो प्रविधि लाभदायक हुने कम्पनीले जनाएको छ ।   

कम्पनीले हाल 'पावरको' कम्पनीको लागि मोडल बनाईरहेको जनाएको छ अक्टोबरसम्म सो कार्य सकिने र केहि महिना त्यसको परिक्षण गर्ने र त्यसपछि लामो दुरीमा  परिक्षण गर्ने तयारी छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved