फेरी थपियो सोलु करिडोरको म्याद, २३ मेगावाट विद्युत खेर

रासस

रासस

Sep 11, 2020 | 03:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्माणाधीन सोलु करिडोर आयोजनाको म्याद चौथो पटक थपिएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक सम्झौता भएको आयोजनाको चौथो पटक म्याद थपिएको हो ।

सोलुखुम्बुमा उत्पादन हुने विद्युत बाहिर लैजान १३२ केभी प्रसारणलाइन निर्माण गरिएको भए पनि विभिन्न कारणले समयमा नै सम्पन्न हुन नसकेको आयोजना प्रमुख जनार्दन गौतमको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका ११ काे तिङ्लामा सबस्टेशन निर्माण भइसके पनि करिडोरको काम अझै सक्ने छाँटकाट छैन ।
 
सन् २०२० जुलाई १५ मा सक्ने शर्तमा तेस्रो पटक म्याद थप गरिएको भए पनि कोरोनाका कारण समस्या भएको भन्दै आउँदाे डिसेम्बर ३१ अर्थात् पुस १६ गतेसम्म समय थप गरिएको आयोजनाका प्रमुख जनार्दन गौतमले बताए । आयोजनाको काम गर्न समस्या नभए पनि कामदार ल्याउन समस्या भएको उनको भनाइ थियो । भारतीय कामदार ल्याएर अहिले पनि काम भइरहेको छ । थप कामदार ल्याउन नसक्दा म्याद थपिएको समयमा समेत काम सम्पन्न गर्न नसकिने प्रमुख गौतमको भनाइ छ । 
     
सिरहाको मिर्चैयादेखि तिङ्लासम्म तीन सय दुई टावर बनाउनुपर्ने भए पनि अहिलेसम्म दुई सय ८१ वटाको फाउण्डेशनको काम सकिएको छ । अब २१ टावर निर्माण गर्नुपर्ने छ तर पाँच वटाको सुस्त गतिमा काम भइरहेको छ । 
     
यस्तै ९० किलोमिटर दुरी रहेको करिडोरमा अहिलेसम्म ४५ किलोमिटर मात्रै तार तानिएको छ । लामो समय सामुदायिक वनको विवादले गर्दा वन क्षेत्रमा काम गर्न नसकेको आयोजनाकै कारण माथिल्लो सोलुखोलामा उत्पादन भएकाे २३ दशमलव ५ मेगावाट विद्युत् खेर गइरहेको छ । अहिले ११ केभी प्रसारण लाइनमार्फत रुम्जाटार सबस्टेशनमा लगेर खपत गर्ने प्रयास गरिए पनि अझै तेब्बर विद्युत् खपत हुन नसकेको विद्युत आयोजनाले जनाएको छ । यस्तै सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको तल्लो सोलुखोला ८२ मेगावाटको काम भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved