कुलमानको विदाईपछि कोइरालालाई निमित्तको जिम्मेवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 07:43:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालाले पाएका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले १२औं तहका कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकेका हुन् ।

अर्को ब्यबस्था नहुँदासम्मको लागि  कोइरालाई निमित्तको जिम्मेवारी दिईएको हो । प्राधिकरणमा उपकार्यकारी निर्देशकको भूमिकामा रहेका कोइरालालाई वरिष्ठताको आधारमा सो जिम्मेवारी दिइएको बताईएको छ। कोइराला हाल प्राधिकरणको अर्थ निर्देशनालयका प्रमुख छन् ।

वरीयताक्रममा कोइरालाभन्दा अगाडी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य थिए । तर उनी हाल एनईए इन्जिनियरिङ कम्पनीमा प्रबन्ध सञ्चालकको रुपमा काजमा खटिएका छन् । 

४ वर्षको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक कुलमान घिसिंग आजबाट बिदा भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved