शेयर रकम चुक्ता गर्न बोमखोला हाइड्रोको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2020 | 11:02:49 AM मा प्रकाशित

laxmi  sunrise bank

बोमखोला मिनी हाइड्रोपावरले संस्थापाक शेयरधनीहरुलाई शेयर रकम चुक्ता गर्न आग्रह गरेको छ । कम्पनीले सार्वजनिक सूचना जारि गरेर ३९६ जना संस्थापक शेयरधनीलाई आफुले कबोल गरेको शेयर रकम चुक्ता गर्न आग्रह गरेको हो 

कम्पनीले ३५ दिनभित्र रकम चुक्ता गर्न भनेको छ । सो समयसम्ममा पनि रकम चुक्ता नगरेमा कम्पनी ऐन बमोजिम शेयर जफत हुने कम्पनीले जनाएको छ । 

कम्पनीले सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका  २ लुक्लामा २ सय किलोवाटको आयोजना निर्माण गरिरहेको छ।

हाइड्रोमा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र खुमलटारको ५० प्रतिशत अनुदान तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत ग्रामीण जिविकोपार्जनका लागि नविकरणीय उर्जा कार्यक्रम (RERL) को प्रविधिक सहयोग रहेको छ। त्यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिका र चौरीखर्क मध्यवर्ति क्षेत्र उपभोक्ता समितिको विशेष सहयोगमा कम्पनी मोडेलमा निर्माणाधिन यस आयोजनामा स्थानीय उपभोक्ताको लगानी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved