असोज २२ गतेसम्म बिद्युत महशुल तिरे जरिवाना नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 07:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणले महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरेको छ । प्राधिकरणले भाद्र महिनाको महशुल आश्विन २२ गते सम्म तिरे थप दस्तुर नलाग्ने र आश्विन २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरेको हो । 

प्राधिकरणले विद्युतको मिटररिडिंग तथा विलिंग समयमा हुन नसकि महशुल भुक्तानीका सम्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्दै  ग्राहकको हितको लागि यस्तो ब्यबस्था गरेको जनाएको छ  । प्राधिकरणले भाद्र महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन हुने जनाएको छ । 

त्यस्तै प्राधिकरणले आफैले मिटर रिड गरेर जानकारी गराउन सकिने समेत जनाएको छ । 


यो पनि : 

विद्युत प्राधिकरणका ग्राहकबाट जरिवाना नलिन उर्जा मन्त्रीको निर्देशन

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved