यस्तो छ विद्युत महशुल भुक्तानी सम्वन्धी ब्यबस्था, कहिलेसम्म लाग्दैन जरिवाना ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 05:39:21 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्येक महिनाको निश्चित गते ग्राहकको मिटर रिडिङ्ग गर्ने दिन तोकिएको हुन्छ । जस्तै ग्राहक नम्वर ००७–२९–०३९ मा विचको अंक २९ ले प्रत्येक महिना मिटर रिडिङ्ग हुने दिन (गते) लाई जनाउँदछ ।  सो मितिमा मिटर रिडरले मिटर पढि विल उपलव्ध गराउँदछन् । मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्वन्धित कार्यालयमा सम्पर्क गरी विल लिनु ग्राहकको कर्तव्य हुन्छ ।

ग्राहकले मिटर रिडिङ्ग हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २ प्रतिशत छुट पाईन्छ । ८औंं दिनदेखि १५औं दिनसम्म वुझाएमा विल रकम मात्र वुझाए हुन्छ । १६औं दिनदेखि ३०औं दिनसम्म वुझाएमा ५ प्रतिशत  थप शुल्क (जरीवाना) लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म वुझाएमा १० प्रतिशत र ४१औं दिन देखि २५ प्रतिशत  थप दस्तुर लाग्दछ भने ६०औं दिन भित्र पनि महशुल भुक्तानी नभएका जुनसुकै समयमा विद्युत लाइन काट्न सक्नेछ । 

ग्राहकको सुविधालाई मध्य नजर गरी अग्रिम भुक्तानीको व्यवस्था समेत गरिएको छ । विगतका महिनाहरुको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्तानी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत महशुल अनुसारकोविल हिसाव मिलान गर्दा २ प्रतिशत छुट समेत पाईन्छ साथै विद्युत महशुल भुक्तानी गर्न ढीला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिन्छ भनेप्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समेत बच्ने हुन्छ ।

विद्युत खपत विल प्राप्त नभएमा ग्राहकले सोझै माथि सि.नं.१ मा उल्लेख भए अनुसारको उदाहरण अनुसार आकर्षित हुने रिडिंग मितिको भोलीपल्ट देखि सोझै काउण्टरमा गई पुरानो विलबाट ग्राहक नम्वर देखाएर विद्युत महशुल सोझै भुक्तानी गर्न सकिन्छ ।

ग्राहक स्वयंले मिटर पढन जान्नु उत्तम रहन्छ । ग्राहकले मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पुगेको छ त्यो टिप्नु पर्दछ । त्यसपछि अघिल्लो महिनाको विलमा भएको रिडिङ्ग अंक राखी consumer.nea.org.np मा Electric Bill Calculator मा गएर गत महिनाको र यस महिनाकोरिडिङ्ग अंक ईण्ट्री गरी कति रकमको विल बनेको हो सो यकीन गरी उक्त रकमइलष्लिभ तथा काउण्टरमा गई विद्युत महशुल बुझाउन सकिन्छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved