अपर तामाकोशीको रोल्वालिङ आयोजनाको लागि जग्गा प्राप्तिको काम सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 09:30:29 AM मा प्रकाशित

laxmi  sunrise bank

माथिल्लो तामाकोसी Upper Tamakoshi Hydropower ले निर्माण गर्न लागेको रोल्वालिङ जलविद्युत आयोजनाको लागि जग्गा प्राप्तिको कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनाको लागि आवश्यक पर्ने साविकको लामाबगर गाविस २ मा पर्ने १७ हजार ८ सय १९ वर्ग किलोमिटर जग्गा स्थायी रुपमा प्राप्ति गर्न लागेको हो 

कम्पनीले आयोजनाको लागि टेस्ट टनेल र सडक निर्माणको लागि आवश्यक पर्ने जग्गा प्राप्ति गर्नको लागि सूचना प्रकाशन गरेको हो । कम्पनीले ३५ दिन भित्र मुआब्जा दाबी गर्न जग्गा भोगचलन गरेको प्रमाण सहित निवेदन दिन आग्रह गरेको छ । 

रोल्वालिङ खोला छोरोल्पा हिमताबाट निस्केको पानी बग्ने खोला हो ।  रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइने र त्यसबाट २२ मेगावाट विजुली उत्पादन गर्ने कम्पनीको तयारी छ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved