चार्ज भयो ढल्केबर सबस्टेशन, ८५० मेगावाट बिजुली आयात निर्यात गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2020 | 10:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भारत अन्तरदेशीय विद्युत प्रसारणको लागि निर्माणाधीन बहुप्रतिक्षित ४०० केभी क्षमताको ढल्केबर सबस्टेशन नाेलाेडमा चार्ज भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बुधबार राति ९:२३ मा सबस्टेशन नाेलाेडमा चार्ज भएको हो ।   

यो नेपालकाे ४०० केभी कै पहिलाे ठुलाे र जिआइएस सबस्टेशन हाे । याे सबस्टेशनको क्षमता ९४५ एम भि ए रहेकाे छ । करिव १२०० मेगावाट विद्युत शक्ति प्रसारण क्षमता भएकाे यस लाईनबाट हाललाई करिव ८५० मेगावाट सम्म निर्यात वा आयात गर्न सकिने प्राधिकरणले जनाएको छ।

आर्थिक वर्ष २०७४/७५ देखि टेण्डर प्रकृया शुरु गरि करिव साढे २ वर्षकाे निर्माण अवधिपछि यसको निर्माण सम्पन्न भएको हो। नेपाल भारतविचकाे ढल्केवार मुजफरपुर लाईन ४०० केभिकाे लागि तयार भएकाे भए पनि सवस्टेसनकाे कारणले शुरुमा १३२ के भि मा मात्र चार्ज भएको थियो  त्यसपछि  २०७५/७६ मा २२० केभिमा चार्ज भएको थियो भने हाल  ४०० के भि मा चार्ज हुने भएकाे छ ।

आगामी पुषदेखि उत्पादन गरिने लक्ष्य रहेको ४५६ मेवाको माथिल्लो तामकाेशिकाे विद्युत यो लाइनबाटै निर्यात गर्न सकिने प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार नेपालभित्रकाे पुर्व पश्चिम प्रसारण लाईन ४०० केभिमा चार्ज भए पश्चात् यस लाईनबाट करिव १२०० मेगावाट प्रवाह गर्न सकिनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved