३ हाइड्रोको लागि ३८ अर्बको विदेशी लगानी स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2020 | 09:59:55 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डले तीन ठूला परियोजनाका लागि ३८ अर्ब बराबरको विदेशी लगानी स्वीकृति गरेको छ । मंगलबार बोर्डको अध्यक्ष एवं प्रधानमन्त्री केपी शेर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाहरुका लागि ३८ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गरेको हो । 

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने ७७ दशमलव ५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख बराबरको विदेशी लगानी स्वीकृत गरेको बोर्डका प्रवक्ता धर्मन्द्रकुमार मिश्रले जनाकारी दिए । 

उनका अनुसार ५७ मेगाावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख लगानी स्वीकृत भएको हो । 

यसैगरी उक्त बैठकमा लगानी बोर्ड कार्यालयको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनितीक योजना तयार गर्नेबारे छलफल भएको थियो । लगानीकर्तालाई एकल विन्दु सेवा केन्द्रद्धारा सहज र शीघ्र सेवा प्रदान गर्न उक्त केन्द्रलाई स्वचालित बनाउने तथा नलेज म्यानेजमेन्ट पोर्टल को स्थापना र उपयोग गर्ने विषयमा समेत छलफल भएको मिश्रले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved