भारत मै रोकिए अपर तामाकोशीलाई चाहिने सामान, फेरी धकेलियो उत्पादन मिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 01:29:47 PM मा प्रकाशित

laxmi  sunrise bank

४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य अवधि फेरी पछाडी धकेलिएको छ । आयोजनाले डिसेम्बर २०२० अर्थात् यहि महिनाबाट आयोजनाको पहिलो युनिटबाट  विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको भएपनि सो पुरा नहुने भएको हो । 

आयोजनाले अब फागुन अन्तिमबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।  आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले डिसेम्बरको लक्ष्य भेट्न नसकिएको र अब फागुन अन्तिमसम्ममा पहिलो युनिटबाट बिजुली उत्पादन लक्ष्य राखिएको बताए । उनका अनुसार आयोजनाको लागि आवश्यक पर्ने हाइड्रो मेकानिकलतर्फका केहि सामान भारतको कलकतामा रोकिएर बसेका छन् । त्यहाँ रोकिएका सामान नेपाल आएर आयोजनास्थलमा पुर्याएर जडान नगरेसम्म आयोजना संचालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।  

उन्ल त्यहाँ रोकिएका सामानहरु माघ महिनाको अन्तिमसम्ममा आईसक्ने, त्यसपछि समान जडान गरेर वाटर फिलको कार्य सुरु गर्ने र फागुनको अन्तिमसम्मबाट उत्पादन थाल्न सकिने नयाँ लक्ष्य निर्धारण गरिएको बताए। अहिले आयोजनास्थलमा केहि कामहरु भईरहेको भए पनि अपेक्षा अनुरुप काम हुन नसकेको उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved