चलचित्र ‘अग्निदहन’ मा बोक्सीविरुद्ध सामाजिक शिक्षा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 05, 2017 | 06:47:21 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ । बोक्सीविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘अग्निदहन’ नामक चलचित्र निर्माण गरिएको छ । 

सामाजिक शिक्षामूलक ‘अग्निदहन’ दशैँ अगाडि प्रदर्शनमा ल्याइने चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले जानकारी दिए  । 

मान्छे बोक्सी हुन्न कहिले राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको चलचित्रले पोखराबाट प्रदर्शनमा ल्याउने उनले बताए  । उपाध्याय सो प्रतिष्ठानको अध्यक्ष पनि हुन  । 

चलचित्रमा वोक्सीप्रथाबारे भएका वास्तविक घटनालाई उतार्नाका साथै बोक्साबोक्सी समाजमा नहुने कुरा देखाइएको छ । 

उक्त चलचित्रको राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ १६ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सार्वजनिकीकरण गरेका थिए  । 

चलचित्रमा प्रकाश घिमिरे, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री, दुर्गा न्यौपाने र विष्णु बास्तोलाको भूमिका छ । घनश्याम लामिछानेद्वारा निर्देशित र लोकमणि पौडेलद्वारा लेखिएको उक्त चलचित्र मकवानपुर, चितवन, पोखरा र काठमाडौँमा छायांकन गरिएको हो । 

करिब रु ८० लाख लागतमा निर्माण गरिएको चलचित्रलाई मैथिली र भोजपुरी भाषामा पनि बनाइने अध्यक्ष उपाध्यायले बताए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved