साहित्यकार तथा गीतकार अम्बिका गुरुङको ‘कहिले तिम्रो आँखाले…’ सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 07, 2017 | 10:55:04 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र खटिईरहेकी साहित्यकार तथा गीतकार अम्बिका गुरुङको अर्को नयाँ रोमान्टिक गीत ‘कहिले तिम्रो आँखाले…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गुरुङको शब्दमा रहेको गीतमा गायक प्रराज पौडेलको आवाज दिएका छन् । गुरुङले आफ्नै गीति एल्बम ‘भावसागर’को शीर्षकबाट भावसागर ईन्टरटेन्मेन्ट एलएलसी च्यानलबाट सो गीत युट्युब मार्फत सार्वजनिक गरेकी हुन् । गीतमा निल गुरुङको संगीत रहेको छ भने सुमन केसीले संगीत संयोजन गरेका छन् ।

भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन् । भिडियोमा निराजन प्रधान तथा सृष्टि खड्काले अभिनय देख्न सकिने छ । हरी हुमागाईँद्वारा छायांकन गरिएको भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।

हेर्नुस भिडियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved