बेलायती संसदद्वारा सलमान खान सम्मानित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 06:57:46 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं ।  भारतीय सिनेमा क्षेत्रका प्रसिद्ध नायक सलमान खानलाई बेलायती संसदमा ‘ग्लोबल डायभर्सिटी अवार्ड–२०१७’ बाट सम्मानित गरिएको छ । 

सलमानले एक अभिनेता तथा निर्माता, समाजसेवी तथा गायकका रूपमा भारतीय सिने उद्योगलाई पुर्‍याएको योगदान साथै समाजसेवामा समर्पित गरेको भन्दै कदरस्वरुप सम्मान गरिएको बताइएको छ । 

बेलायती संसदमा लामो समयदेखि सांसद रहनुभएका भारतीय मुलका कीथ वाजले सलमानलाई पुरस्कार प्रदान गर्नुहुँदै भन्नुभयो, ‘सलमान खान विश्वभरका लाखौँ मानिसबीच अभिनय गर्ने मोडेल तथा नायक हुनुहुन्छ । भारतीय सिनेमा जगतमा त उहाँ एक सफल व्यक्तित्व हुनुहुन्छ न यस बाहेक उहाँ एक प्रसिद्ध समाजसेवी पनि हुनुहुन्छ ।’ उहाँले भन्नुभयो, ‘सलमान खानको एक गैरसरकारी संस्था, बिइङ ह्युमनले गरीब जनताको जीवन परिवर्तनमा उल्लेखनीय भूमिका रहेको छ । यो सम्मान उहाँलाई दिन पाउँदा म बहुतै खुशी भएको छु ।’

पुरस्कृत अभिनेता सलमानले आफूले शनिवार ग्रहण गरेको पुरस्कार सम्मानित पुरस्कार भएको जनाउँदै भन्नुभयो, मेरा पिताजीले कहिल्यै पनि मैले यो पुरस्कार लिन पाउँला भन्ने सोच्नु भएको थिएन तर मैले यो सम्मान पाएको छु । म अत्यन्तै खुशी छु । मैले यस अवसरमा सवै प्रशंसकको धन्यवाद ज्ञापन गर्न चाहन्छु । 

सलमान पहिले यो पुरस्कारबाट वलिउड अभिनेता अमिताभ वच्चन, ऐश्वर्या राय, चिनियाँ एक्सन आइकन जैकी चान, बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, अमेरिकी मानव अधिकारकर्मी जैकी जेक्सन लगायत सम्मानित हुनुभएको थियो । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved