Announcement IPO Result
CLOSE


शिब धिताल/बिजपाटी     Sep 22, 2017 | 04:55:28 PM



ruslan ruslan

एपीवान टेलिभिजनबाट प्रशारित लोकप्रिय ‘नेपाल आइडल’ को ग्राण्ड फिनाले लाइभ प्रशारणको तयारि अन्तिम अवस्थामा पुगेको छ। तोकिएको समय भन्दा केहि ढिलागरी लाइभ प्रशारण हुने जानकारी दिइएको छ।

कतारको सनैया स्थित एम्पि थिएटरमा नेपाल आइडलको ग्राण्ड फिनाले हुँदैछ। नेपाल आइडलका उत्कृष्ट तीन प्रतिस्पर्धी निशान भट्टराई, बुद्ध लामा, प्रताप दास मध्येबाट पहिलो नेपाल आइडल घोषणा हुनेछ।  

प्रति टिकेट ३५ कतारी रियालदेखि २०० कतारी रियालसम्म बिक्री हुँदा समेत पुरै टिकेट बिक्री भई हाउसफुल भएको आयोजकले जनाएको छ। कतारमा हुने नेपाल आइडलको ग्राण्ड फिनालेमा नेपालीहरुको उल्लेख्य सहभागिताले आफुहरु थप उत्साहित भएको आयोजक टोलिले जानकारी दिएका छन।  

आइडलको फाइनलमा पुगेका प्रताप, निशान र बुद्धले खाली हात फर्कनु नपर्ने आयोजकले जनाएको छ। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। दोस्रो हुनेलाई १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछन्।





Share your thoughts!

शिब धिताल/बिजपाटी

Shiva Dhital










Close in 7