निशान र प्रतापलाई पछि पार्दै बुद्ध लामा नेपाल आइडल घोषित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 04:28:51 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । शुक्रबार कतारको दोहामा भएको नेपाल आइडल ग्राण्ड फिनालेमा बुद्ध लामा नेपाल आइडल घोषित भएका छन् । निशान भट्टराई र प्रताप दासलाई पछि पार्दै लामा नेपाल आइडल भएका हुन् ।
एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनौट गरिएको हो । आयोजकका अनुसार ९ करोड ३१ लाख मत आएको थियो । अघिल्लो साताको बिहीबार राति पौने ९ बजेदेखि खुलेको भोटिङ शुक्रबार साँझ ५ बजेसम्म खोलिएको थियो ।

उपाधिसँगै पोखराका बुद्ध लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका छन् । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् । ।

निशान फस्ट रनर अप भए भने प्रताप दास सेकेण्ड रनर अप बने । निशानले १५ लाख रुपैयाँ नगद पाए भने प्रतापले १० लाख रुपैयाँमा पाएका छन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved