दयाहाङ र केकीको मुख्य भूमिकामा घामपानी बन्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2016 | 02:44:43 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित अभिनेता दयाहाङ राई र अभिनेत्री केकी अधिकारी अब एकै पर्दामा देखिने भएका छन्।  संचारकर्मी दीपेन्द्र लामाले निर्देशन गर्न लागेको चलचित्र ‘घामपानी’ उनीहरु एकै पर्दामा देखिने भएका हुन् । 

  चलचित्र घोषणा कार्यक्रममा निर्देशक लामाले पत्रकारिता र चलचित्र क्षेत्र सँग जोडिदाँको  अनुभवलाई समेटेर जतिसक्दो उत्कृष्ट चलचित्र निर्माण गर्ने वताए ।  नायक दयाहाङ राइले   राम्रो कथामा चलचित्र बन्न लागेको बताए । चलचित्रमा दया तामाङ यूवक र केकी बाहुन यूवतीको रुपमा देखिनेछन् । त्यस्तै अभिनेत्री केकीले दयाहाङसगँ यसअघि चलचित्रमा काम गरेता पनि उनको जोडीको रुपमा पहिलो पटक अभिनय गर्न पाएको  खुसि ब्यक्त गरिन् ।

चलचित्रमा वुद्धि तामाङ, अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ लगायतका कलाकारको अभिनय यो चलचित्रमा रहनेछ ।
 
चलचित्रमा कालिप्रसाद वासकोटा र चन्द्र कुमार दोङको संगित रहने छ भने सैलेन्द्र कार्कीेले छायाङ्कन गर्नेछन्। चलचित्र अन्तरजातिय कथामा   बन्न लागेको हो । सिनेमा आर्टस्को निर्माण, हाइलाइट्स नेपाल र टचलाइट प्रोडक्शनको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रको छायांकन असोज ६ गतेबाट सुरु हुनेछ ।

फिल्मलाई ओम गुरुङ, शैलेन्द्रध्वज कार्की, रौनकविक्रम कँडेल, ओमचन्द रौनियार र विश्व गौचन मिलेर निर्माण गर्न लागेका हुन्। फिल्ममा कालीप्रसाद बास्कोटा र चन्द्रकुमार दोङको संगीत तथा फूलकुमार बम्जनको गीत रहनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved