हलिउडकाका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई ओस्कारले निकाल्यो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 15, 2017 | 04:57:00 AM मा प्रकाशित

laxmi  sunrise bank

हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई ओस्कार कमिटिबाट निकाला गरिएको छ । वाइनस्टिनमाथि अभिनेत्री एन्जोलिना जोली, रोज म्याकगोवान, ग्वेनेथ पाल्ट्रोसहितका १२ भन्दा बढी अभिनेत्रीले यौन दुराचारको आरोप लगाएका छन् । यो हलिवुड इतिहासमा अहिलेसम्मकै माथिल्लो स्तरको कास्टिन काउचमा हुने यौन दुराचारको घटना बाहिर आएको मानिएको छ ।  

द एकेडेमी अफ मोसन पिक्टर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएको थियो । सर्बेक्षणमा दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेपछि उनलाई निकाला गर्ने निर्णय गरिएको जनाइएको छ । ओस्कार कमिटिमा अभिनेता तथा निर्माता टम ह्याङ्स, व्हुपी गोल्डबर्गसहितका सदस्य रहेका छन् । 

वाइनस्टिनले निर्माण गरेका चलचित्रले अहिलेसम्म ओस्कारमा तीन सय भन्दा बढी मनोनयन प्राप्त गरेका छन् र त्यस मध्ये ८१ वटा अवार्ड जितेका छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved