भारतको सबैभन्दा महंगो चलचित्र ‘२.०’ बारे रोचक कुरा, 'रिलिज अघि नै उठायो आधा लगानी'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 29, 2017 | 02:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सर्वाधिक महंगो मानिएको चलचित्र २.०’ को म्युजिक लञ्च गरिएको छ । ४५० करोडमा निर्माण गरिएको भनिएको यस फिल्मको म्युजिक लन्च कार्यक्रममा मात्र १५ करोड खर्च भएको बताइएको छ। 

निकै तामझामका साथ गरिएको म्युजिक लन्च कार्यक्रममारजनीकान्त, अक्षय कुमार, एमी ज्याक्सन, एआर रहमान, राणा डुग्गुबती र करण जोहरसहित कयौँ सेलिब्रिटीको उपस्थिति रहेको थियो ।   

कार्यक्रममा एमी ज्याक्सन र तमन्ना भाटियाले नृत्य प्रस्तुत गरेका थिए । एआर रहमानले १२५ सिम्फनी संगीतकारसहित प्रस्तुति दिएका थिए । यस ग्राण्ड म्युजिक लञ्च कार्यक्रममा उपस्थिति दर्शकले भिआइपी टेबल प्रति टेबल ६ लाख भारुमा बुक गरेका थिए । चलचित्रको प्रमोशनमा मात्र ६० करोड रुपैयाँ खर्च गर्ने योजना निर्माताको रहेको छ ।

दक्षिण एसियाकै दोस्रो महँगो फिल्म २.० 

२.० चलचित्रका निर्देशक शंकर आफ्ना चलचित्रहरुको भब्य कार्यक्रमका लागि परिचित छन। उनको निर्देशन रहेको यस अघिको चलचित्र ‘आई’ को लञ्च लागि उनले हलिउडका सुपरस्टार आर्नल्ड स्वाजनेगरलाई आमन्त्रित गरेका थिए ।   

यस चलचित्रको शुट दिल्लीस्थित जवाहरलाल नेहरु रंगशालामा गरिएकाले त्यहाँ पनि एक भब्य कार्यक्रम गरिएने भएको छ । यसपछि ‘२.०’ को टोलीले मुम्बईमा प्रस्तुति दिनेछ

तमिल,तेलुगु र हिन्दीसहित विश्वभर १५ भाषामा रिलिज गर्ने तयारी गरिएको २.० चलचित्र थ्रिडी क्यामेरा प्रयोग गरेर सूट गरिएको छ। थ्रीडीमा नै रिलिज हुने यस चलचित्रमा कलाकारहरुको पहिरन जति चर्चित छ त्यति नै महँगो पनि छ। कलाकारको पहिरनका डिजाइनर हलिउडका कलाकारको पहिरन डिजाइनर रोर हुन।     

चलचित्र २.० ले विभिन्न रेकर्डहरु पनि बनाएको छ। यो फिल्म बुर्ज पार्कमा म्युजिक गर्ने पहिलो पटक भारतीय फिल्म पनि बनेको छ । त्यहाँको शपिङ मलमा २ करोड भारुको एलइडी स्क्रिन लगाएको थियो ।

मेकअप र भिएफएक्स

यस चलचित्रको मेकअपमा हलिउडको सुपरहिट चलचित्र अवतारमा काम गरेका मेकअप आर्टिस्ट सीन फुटलाई प्रयोग गरिएको छ । त्यस्तै, अवतार, ट्रान्सफमर्स, सुपरगर्ल र ३०० जस्ता चलचित्रमा काम गरेका प्राविधिक, द्वन्द्व निर्देशकलगायतले काम गरेका छन् । भिएफएक्समा पनि आइफ अफ पाई र ३०० जस्ता चलचित्रमा काम गरेका प्राविधिक रहेका छन् । ट्रान्सफमर्समा द्वन्द्व निर्देशक गरेका केन्नी बेनसनले पनि चलचित्रमा काम गरेका छन् ।

रिलिज अघि नै २०० करोड कमाई 

२.० खर्चिलो भएर मात्र नभई रिलिज हुन अगाबै २०० करोड आम्दानी गरेर सबैको ध्यान आफु तर्फ खिच्न सफल भएको छ। जनावरी २५ बाट रिलिज हुन लागेको चलचित्र सिनेमाको स्याटलाईट अधिकार १ सय १० करोड भारतीय रुपैयाँमा बिक्री भएको छ। त्यस्तै चलचित्रको थियट्रिकल अधिकार ८० करोडमा बेचेको कुरा बाहिर आएको छ ।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved