समन श्रेष्ठ बने पहिलो हिमालय रोडिज, यस्तो थियो ग्राण्ड फिनाले (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 31, 2017 | 11:00:15 AM मा प्रकाशित

laxmi  sunrise bank

साहासिक  इन्टरनेसनल रियालिटी गेम शो 'हिमालय रोडिज' को उपाधि समन श्रेष्ठले जितेका छन्। हिमालय टिभीमा सोमबार प्रसारण भएको ‘हिमालय रोडिज’काे ग्रान्ड फिनालेको राेचक प्रतिस्पर्धामा श्रेष्ठ अनिमेषजंग शाहीलाइ पछि सामानले उपाधि जितेका हुन्।

जित संगै समानले ८ लाख ८० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्क एयरको कुनै गन्तव्यमा राउन्ड ट्रिप, आइफोन ६ प्लस र बजाज एभेन्जर बाइक पाएका छन् । दोस्रो बनेका अनिमेष जंग शाहीले सिल्क एअरलाईन्सबाट सिंगापुरको दुईतर्फि हवाई टिकट प्राप्त गरेका छन।


ग्रान्ड फिनालेको पहिलो टास्कमा प्रतिस्पर्धाबाट बाहिरिसकेका रोडिजलाई बोलाएर फिनालेका प्रतिस्पर्धीहरुलाई छान्न लगाई समूह बनाइएको थियो। दुई समूहबीच डोरी तान्ने प्रतिस्पर्धा अनिमेषको समूहले जितेको थियो। 

पहिलो प्रतिस्पर्धा जितेपछि  अनिमेषलाई फिनालेको अन्तिम टास्कमा आफू पहिले जाने कि प्रतिस्पर्धीलाई पठाउने भन्ने बिकल्प थियो । साथीहरुको सुझावलाई बेवास्ता गर्दै अनिमेषले पहिले जाने निर्णय गरे । उनले सो टास्क १३ मिनेट १० सेकेन्ड लगाए जबकि समनलाई सोही टास्क सकाउन ४ मिनेट १९ सेकेन्डमात्रै लाग्यो। समन पेशाले फिजिकल फिटनेस ट्रेनर, क्लाइम्बिङ कोच र रक क्लाइम्बिङ गाइड हुन्।

 हिमालय टिभीले भायकम १८ बाट लाइसेन्स लिएर रोडिज सुरु गरेको थियो। भारतमा यो एमटिभी रोडिजका नाममा प्रसारण हुने गरेको छ। 

हेर्नुस ग्राण्ड फिनालेको भिडियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved