हल्ला नगरौ, राजश्वको छापामा परिएला : करिश्मा मानन्धर 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 12, 2016 | 04:55:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको चलचित्र नगरीमा पारिश्रमिकलाई लिएर गरीने हल्लाबारे सदावहार नायिका करिश्मा मानन्धरले अशन्तुष्टी व्यक्त गरेकी छिन् । विजपाटीसंगको कुराकानीमा उनले  नेपाली सीनेमाको वजेट जम्मा ४० देखि ५० लाख भएको बताईन। पचास लाख वजेट छुट्याएर सुरु गरिएको फिल्मका निर्देशक , नायक वा नायिकाले नै पारिश्रमिकको रुपमा पुरै वजेट नै वुझेको भन्ने हल्लाले कसैलाई फाइदा नगर्ने उनको बुझाई छ ।

पछिल्लो पटक  केहि नायक, नायिका र निर्देशकले २५ लाख पारिश्रमिक बुझेको भन्ने हल्ला निराधार भएको समेत उनले वताइन्। उनी भन्छिन ' यस्ता हल्ला गरेर आन्तरिक राजस्व विभागलाई आकर्षित गर्ने काम नगरौ'। आम्दानी गरेपछि राज्यलाई कर तिर्नु पर्ने दायित्व नर्विसन समेत उनले आग्रह गरिन् । उनले त्यति नै आम्दानी गरेकै हो भने खुलेर राज्यलाई आयकर तिर्न पनि आग्रह गरिन  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved