करिश्मा भन्छिन् – म पनि वालश्रमिक थिए

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2016 | 02:17:12 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित नायिका तथा निर्मात्री करिश्मा मानन्धरले आफु पनि वालश्रमिक रहेको वताएकी छिन्। जुन उमेरमा मैले काम गरे त्यो मेरो काम गर्ने उमेर थिएन । खाने र खेल्ने समयमा मैले असाध्यै ठुलो श्रम गरे । अहिलेको परिभाषामा त्यो वालश्रम हो – मानन्धर भन्छिन  ।

सामान्यत १६ वर्ष भन्दा कम उमेरको वच्चाले शारीरिक श्रम पर्ने काम गर्न कानुनले वन्देज गरेको भए पनि मैले १४ वर्षमै एक्टिङ सुरु गरेकी थिए - नयाँ शक्ति पार्टीकी नेतृ समेत रहेकी मानन्धरले भनिन् । म पहिलो चलचित्र खेल्दा जम्मा १४ वर्षकी थिए । कानुन त १४ वर्षमा ड्राइभिङ समेत गर्न पाइदैन तर मैले त १४ वर्षमै ड्राइभिङ गरेर गैर कानुनि काम समेत गरेकी थिए – मानन्धरले वताइन ।

अझ त्यस भन्दा अगाडि एउटा मन्जनको विज्ञापन खेल्दा त म जम्मा तेह्र वर्षकि मात्रै थिए – मानन्धरले जानकारी दिईन ।  उनले यिनै विषय र जीवन वृतान्त समेटिएर वजारमा छिट्टै आत्म वृतान्त समेत प्रकाशन हुन लागेको बताएकी छिन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved