‘एक्स्ट्रा माया’ जेठ २५ गते प्रदर्शनमा आउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 04:09:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र ‘एक्स्ट्रा माया’ जेठ २५ गते प्रदर्शनमा आउने भएको छ । सोम कुस्कुमाझीद्धारा निर्देशित चलचित्र ‘एक्स्ट्रा माया’ को सम्पूर्ण छायाँकन तथा ड्रविङ तथा मिक्सिङ कार्य सकिएको निर्माण पक्षले जनाएको छ । चलचित्र ‘एक्स्ट्रा माया’ नयाँ विषयबस्तु प्रस्तुत गरिएको लव तथा कमेडी जनरामा निर्माण भएको निर्माता कमल केआरले बताएका छन् । कमल केआर र कमल फुयाँलको संयुक्त निर्माणमा बनेको यो चलचित्र जेठ २५ गते प्रदर्शनमा आउने पक्का भएको निर्माता कमल फुयाँलले बताए । यस चलचित्रमा पृथक बिषयबस्तुलाई उठान गरेको छ । जसका कारण नेपाली चलचित्र उद्योगमा केही नयाँ पन ल्याउन सक्ने देखिन्छ । अधिकांश दृश्यहरु आर्टिफिसल नभइ रियालिटी बेशमा छायाँकन गरिएको छ । जसका कारण नेपाली समुदायमा हुने विभिन्न खाले घटनाको बास्तविक रुप उतार्न खोजिएको छ । सामाजिक सञ्जाल फेसुबुकले युवा पुस्तामा ल्याएको बिकृति र विसंगीलाई यस चलचित्रले उठन गरेको छ ।

रिच इन्टरटेनमेन्ट प्रा लिको ब्यानरमा बनेको यो चलचित्रमा अर्जुन खडका, सनी सुनवार, सुस्मिता बुर्लाकोटी, सृष्टि भण्डारी, शोभा भण्डारी, यमन माझी,कमल फुयाँल , सरीता दोङ लगायतको अभिनय रहेको छ । चलचित्रमा पटकथा तथा निर्देशन दुवै सोम कुस्कुमाझीले गरेका छन भने कथा कमल केआरको रहेको छ । दिनेश माङमुको कोरियोग्राफी , बासु न्योपानेको छायाँकन तथा समिर मियाँको सम्पादन रहेको यस चलचित्रमा सन्तोष किरात र योङजङ लामाको संगीत रहेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved