गीतकार रेग्मीको एकल गीति एल्बम ‘मर्यादा’ सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 27, 2016 | 04:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गीतकार टीएन रेग्मी तथा संगीतकार प्रकाश नेपालीको एकल गीतसंगीत रहेको गीतिसंग्रह ‘मर्यादा’ सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक समारोहमा गीतकार डा. कृष्णहरि बराल र संगीतकार राजु सिंहलगायतले संयुक्तरुपमा गीतिसंग्रह सार्वजनिक गरेका हुन् ।

गीतिसंग्रह ‘मर्यादा’का गीतको समीक्षा गर्दै डा. बरालले टीएन रेग्मी नेपाली संगीत क्षेत्रमा आशालाग्दो गीतकारका रूपमा आएको बताए । उनका गीतमा कलाकारहरुले आफ्नो स्वरबाट न्याय गरेका बरालको भनाइ थियो । यस्तै, संगीतकार सिंहले संगीतको समीक्षा गर्दै गीतसंगीत कर्णप्रिय बनेको बताए । गीतकार रेग्मीले नेपाली गीतसंगीतमा लगानी गर्दा प्रतिफल नआउने जानकारी हुँदाहुँदै कृतिका रूपमा गीतिसंग्रह ल्याएको बताए ।

मर्यादा गीतिसंग्रहलाई बिन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो । बिन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले नेपाली गीतसंगीतबाट राम्रो कमाइ हुने भए पनि आधिकारिक स्रष्टाले रोयल्टी नपाएको र सीमित व्यक्तिको कब्जामा रोयल्टी रहेकाले टीएनजस्ता स्रष्टाहरू पीडित बन्नुपरेको बताए ।

यो गीतिसंग्रहमा माया नेपाली…, थाहै हुन्न…, आँधीखोले सोल्टीज्यू…, यादै नआए तिम्रो…, माया मैले तिमीलाई…बोलका ६ ओटा गीत छन् । यी गीतमा शिव परियार, रिमा गुरुङ, जुनु रिजाल, मदन सेन्चुरी, विश्व नेपाली र सुमिना लोको स्वर रहेको छ । कार्यक्रममा एल्बम तयार पार्न योगदान गर्ने कलाकार तथा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

हेर्नुस भिडियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved