को हुन १० करोड राशिको साहित्यतर्फको नोबेल जित्ने गायक बब डिलन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 13, 2016 | 08:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकन गायक बब डिलनले सन् २०१६ को साहित्यतर्फको नोबेल पुरस्कार पाएका छन् । नोबेल समितिले गायक तथा गीतकार डिलनलाई अमेरिकन गीत संगीत क्षेत्रमा पुर्याएको योगदान स्वरुप साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको जनाएको छ।

यस अघि साहित्यकार तथा कविलाई दिइदै आएको साहित्यतर्फको नोबेल पुरस्कार पहिलो पटक गीत संगीत क्षेत्रमा सक्रिय स्रष्टाले पाएका हुन् । अमेरिकन गायक तथा संगीतकार डिलन विश्व संगीत क्षेत्रका प्रख्यात गायक मानिन्छन् ।

उनका गीतमा ‘ब्लोइङ इन द विन्ड’, ‘द टाइम्स दे आर चेन्जिङ’, ‘मिस्टर टेम्बोरेन मयान’लगायत चर्चित गीत रहेका छन् । संगीत यात्राको चार दशकपछि डिलनले विश्वकै सर्वाधिक पुरस्कार पाएका हुन् ।

साठीको दशकमा आफ्नो गितार र माउथआर्गनको साथ संगीतको दुनियामा आएका बब डिलनलाई लोकगितको रक स्टार समेत भनिदै आएको छ। बब डिलन अमेरिकामा मात्र नभई विश्वभरको संगीत प्रेमीका लागि प्रिय रहेका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved