सात कक्षा पढ्दा पाएको पुरुस्कारले गायिका बनायो 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2016 | 01:33:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मान्छेले जन्मदै कुनै न कुनै क्षमता लिएरै जन्मिएको हुन्छ। त्यसलाई पहिचान गर्न र तिखार्न जान्नु पर्छ सफल अवश्य भइन्छ। " माइतिको आँगनीमा नामक चर्चित तिज गीतकी गायिका सितल पाण्डेको विचार हो यो।

आधुनिक गीत,गजल र लोक संगीतमा समान तरिकाले अगाडी बढ्दै गरेकी यी गायिका शब्द संगीत र स्वर तिनै विधामा समेत पारंगत छिन। सितल एल्बमका लागी चर्चित गीतहरु पस्किसकेकि छिन् ।

 बिजपाटीमा भलाइसारिमा जोडिन आएको बेला उनले भनिन - "चर्चित त नभनौ जे होस् सुरु गर्दै छु। हेरौं यात्राको महामार्ग कति फराकिलो पार्न सकिन्छ। " हार्मोनियमको पर्दामा हात चलाउने पाण्डे   स्वर ,सब्द र संगीत तिनवटै विधामा समान दखल राख्छिन।

त्यसरी नै संगीत बाहिर पनि उनको थुप्रै विषयमा राम्रै दख्खल  देखिन्छ। कहिले यिनी हार्मोनियमको पर्दामा राग अलापीरहेकी हुन्छिन भने कहिले कालो कोट लगाएर अदालतमा वहस गर्न समेत भ्याउछिन।

दुइ विपरित धुर्ब पेसामा कसरि रमाएकी होलिन ? हाम्रो जिज्ञासा भुइमा खस्न नपाउदै उनले भनिन - " मेरो लागि दुवै पेसा जन्मजात हुन्। कसरी ?  फेरी हामीले जिज्ञासा राख्यौ,  उनले भनिन संगीत विधा आमाको भागबाट र कानून विधा बाबाको भागबाट मैले प्राप्त गरेकी हुँ। "

घाँस दाउरा जाँदा गुनगुनाउने आमाको स्वभाव र जिल्लाका नामुद वकिल बाबाको पेसा अहिले सितलको जीवन हो। उनी भन्छिन - " साच्चै संगीतमा भने ७ कक्षा पढ्दा गायन बाट प्राप्त भएको प्रथम पुरुस्कार नै उत्प्रेरीत हो। "

गैरे सुरेश, हरि लम्साल जस्ता चिनिएका संगीतकार र कृष्णहरि बराल जस्ता मुर्घन्य गीतकार संग समेत उनले काम गरिरहेकी छिन्। नेशनल ल क्याम्पसमा कानुनमा स्नातकोत्तर समेत गरीरहेकी पाण्डे अहिले शव्द संगीत र स्वर तिनै विधामा अधिवक्तहरुलाइ समेटेर राष्ट्रिय भावको गीत बनाउने तयारीमारहेको बताउछिन। उनी भन्छिन - वकिलको रचनामा मोड्लिंग पत्रकारलाई गराउने हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved