बलिउडमा कम बजेटका फिल्म सुपर हिट, धेरै बजेटका सुपर फ्लप

दिलिप खड्का

दिलिप खड्का

Jul 08, 2019 | 09:47:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१९ को पहिलो छ महिना बितिसकेको छ । यो समय बलीउडका लागि सुखद् रहेको छ । आधा बर्षको अवधिमा ४६ वटा फिल्म रिलिज भएको छ । जसको जम्मा कलेक्सन २००० करोड भारु रहेको छ । ८ वटा फिल्मले बक्सअफिसमा सय करोडको आँकडा पार गरेका छन् । यो कमाइ अघिल्लो बर्षको जम्मा कमाइको आधा भन्दा बढि हो । २०१८ मा बलीउडले जम्मा ३००० करोड भारु कमाइ गरेको थियो । यो बर्षको कमाइ यसै गरि गएको खण्डमा अघिल्लो बर्षको भन्दा १५ देखि २० प्रतिशत बढि कमाइ गर्ने आँकलन रहेको छ । 

६ महिनाको लेखाजोखा

ठुलो बजेटको फिल्म फ्लप

यो बर्ष रिलिज भएको मल्टिस्टारर तथा ठुलो बजेटको फिल्म कलंक फ्लप सावित भएको छ । १५० करोड बजेटमा बनेको फिल्मले जम्मा ८० करोड मात्र कमाउन सफल भएको छ । अर्को करण जोहरको फिल्म स्टुडेन्ट अफ द इअर २ पनि हलमा टिक्न पाएन । फिल्मले ६९ करोड भारुको कमाइ गर्दै बिश्राम लिन पुग्यो ।

कम बजेटका फिल्म हिट 

बलीउडमा यो बर्ष पनि कम बजेटमा बनेका फिल्महरुले राम्रो धमाका मच्चाए । ४५ करोड भारुमा बनेको उरिले बक्सअफिसमा २४५।३६ करोड भारुको कमाइ गरेको छ । फिल्मको यो कमाइ यो बर्षकै दोश्रो धेरै हो । हाल प्रदर्शन भइरहेको कबिर सिंहले पनि राम्रो कमाइ गरिरहेको छ । ४५ करोडमा बनेको फिल्मले १४ दिनमा २१३ करोड भारुको कमाइ गरिसकेको छ । फिल्मले अझै कमाइ गर्ने जनाइएको छ । साथै अमिताभ बच्चन र तपसि पन्नुको फिल्म बदलाले ८८ करोड कमाइ गरेको छ । फिल्म जम्मा १० करोडमा बनेको थियो ।

८ ब्लकबस्टर फिल्म 

पहिलो ६ महिनामा रिलिज भएको ८ फिल्म ब्लकबस्टर सावित भएका छन् । जसमा हलिउड फिल्म एभेन्जर इन्डगेम पहिलो रहेको छ । फिल्मले भारतबाट मात्रै ३७३.२२ करोड कारोबार गरेको छ । दोश्रो नम्बरमा २४५.३६ करोड भारु कमाइ गरेको फिल्म उरी द सर्जिकल स्ट्राइक रहेको छ ।

तेश्रो नम्बरमा हलमा प्रदर्शन भइरहेको कबिर सिंह रहेको छ । फिल्मले अहिलेसम्म २१३ करोड कलेक्सन गरेको छ । चौथो नम्बरमा सलमान खानको भारत रहेको छ । इदको अवसरमा रिलिज भएको फिल्मले जम्मा २१०.६८ करोड कमाएको छ ।

अक्षय कुमारको फिल्म केसरि १५४.४१ करोड कमाइ गर्दै पाँचौ स्थानमा रहेको छ । छैटौँ नम्बरमा अजय देवगनको टोटल धमाल रहेको छ । फिल्मले १५४.२३ करोड भारु कमाइ गरेको छ ।

रनविर सिंह र आलिया भाटको गलि ब्याय १४०.२५ करोड कमाइ गर्दै सातौँ नम्बरमा रहेको छ । अजय देवगनकै फिल्म दे दे प्यार दे १०३.६२ करोड भारुको कमाइ गर्दै आठौँ स्थानमा रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved